रत्ननगर । रत्ननगरको बकुलहरमा करिब डेढ करोडको लगानीमा साथी मार्ट सुपरमार्केट आज देखि संचालनमा आएको छ । सुपरमार्केट उद्घाटनको अबसरमा गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाको लागि आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ । केन्द्रमा आश्रित वालावलिकालाई १० हजार नगद सहित १० बोरा चामल,१० प्याकेट आटा,१० लिटर तेल,१० किलो दाल सहयोग गरिएको सञ्चालक रामदेबी श्रेष्ठले जानकारी दिइन । गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरेकोमा केन्द्रका अध्यक्ष केपिकिरण शर्माले खुसि व्यक्त गर्दै आजको यो सहयोगले १३ / १४ वर्ष पहिले पसल पसलमा बोरा बोकेर सहयोग मागेको दिनको स्मरण भएको बताउदै आजको दिनमा कोहि चेपाङ डक्टर, कोहि इन्जिनियर लगाएतका विशिष्टता हासिल गर्न थालेको हुदा परिणाम आउन थालेको जानकारी दिए ।

७१ औँ शाखाको रुपमा बकुलहरमा सञ्चालनमा आएको साथी मार्टमा स्थानीय उत्पादन गुन्द्रुक देखि आधुनीक सामानहरु विक्रीका लागि राखिएको साथी मार्टका एरिया सेल्स अफिसर सुजन फुयालले जानकारी दिए । सटर ग्रिल उद्योग सञ्चालन गर्दै आएका यहाँका पुराना व्यवसायी राजु श्रेष्ठले नौलो तथा थप व्यवसायको रुपमा सुपर मार्केट सञ्चालनमा ल्याएका हुन ।

सो सुपर मार्केटको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले विहीवार उद्घाटन गरेका छन् । सो अबसरमा उनले शहरीकरण तर्फ उन्मुख भइरहेको रत्ननगरको टाँडी बजारमा बैंक तथा वित्तिय संस्था,सुपर मार्केट सञ्चालन हुने सकारात्मक पक्ष भएको बताए । ग्राहकका हरेक चाहना पुरा गर्ने गरी टाँडी बजार विकसित हुँदै गएको भन्दै उनले अब ग्राहकहरुको एक मात्र विकल्न टाँडी बजार हुने बताए ।

यहाँ खाद्यान्न,पिय पदार्थ,कपडा,श्रृगार लगायतका सामानहरु विक्रीका लागि राखिएको छ । गरिव तथा धनि बर्गले सजिलै खरिद गर्न सक्ने गरी सामाग्रीको मुल्य निर्धारण गरिएको छ । रिक्सा चलाएर जीविकोपार्जन गर्ने मजदुर बर्गले समेत सामान खरिद गर्न सक्ने गरी सुपथ मुल्य निर्धारण गरिएको सञ्चालक श्रेष्ठले बताए ।

खाद्यान्न लिन केन्द्रबाट आएका चेपाङ वालवालिकाहरुले समेत सो सुपर मार्केटबाट सामान खरिद गरेका छन् । उद्घाटनको अबसरमा दसैं र तिहारको अबधिमा हरेक सामानमा ३५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय