चितवन,असोज २१
दिपज्योति मल्टी सप्लायर्सले कालिकाको लाहुरे चोकमा आफ्नो चौथो शाखा बिस्तार गरेको छ । बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरि सप्लायर्सले आफ्नो चौथो शाखा बिस्तार गरेको हो । १ करोड भन्दा बढिको लगानी रहेको सप्लायर्सको पुर्वि चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाले रिबन काटेर उद्घाटन गरेका हुन् ।

सप्लायर्समा इलेक्ट्रोनिक्स,मोबाइल, फर्निचर लगायतका सामान विक्री हुने संचालक ज्ञानेन्द्र दाहालले बताए । उनले ग्राहकको सुविधाको लागि नगद तथा किस्तावन्दीमा सामान उपलब्ध हुने जानकारी दिए । चाडपर्वको अवसर पारेर २ प्रतिशत छुट र १० हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्नेे ग्राहकको लागि सप्लायर्सले लक्की-ड्र कुपन मार्फत उपहारको समेत ब्यवस्था गरेको छ ।

कालिका नगरपालिका वाड नम्वर २ मा आफ्नो छुट्टै कारखाना समेत रहेको सप्लायर्सले यसअघि सौराहा,टाँडी र दोवाटोमा समेत आफ्नो शाखा खोलेर ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय