चितवन : भरतपुर अस्पतालमा आजदेखि जनरल ओपिडी सेवा सुरु भएको छ । बिरामीको चाप बढेसँगै अस्पतालले जनरल ओपिडी सेवा सुरु गर्न लागेको हो । अस्पतालका जनरल ओपिडीका कार्यक्रम संयोजक मेडिकल जनरलिष्ट डा. जगन्नाथ तिवारीका अनुसार बिरामीले लामो समयसम्म कुर्न नपरोस् भनेर सो सेवा सुरु गरिएको हो ।

डा.तिवारी भन्छन्, ‘कतिपय बिरामीहरुलाई अस्पताल आएपछि जचाँउन कहाँ जाने भन्ने कुरा थाहा नहुँन सक्छ, त्यस्ता बिरामीहरुका लागि यो सेवा सुरु गरेका हौ ।’ यो सेवामा मेडिकल जनरलिष्ट र मेडिकल अफिसरले बिरामीको परीक्षण गर्ने छन् र आवश्यकता अनुसार थप परीक्षण गर्नुपर्ने भए विशेषज्ञकहाँ पठाउने उनले बताए ।

यो सेवा बिहान ८ः३० बजेदेखि दिउसो ३:०० वजेसम्म सञ्चालनमा रहने छ । सरकारी यस अस्पतालमा चितवनसहित छिमेकी १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । प्रसूति सेवाका लागि काठमाडौँको प्रसूतिगृह पछि सबैभन्दा धेरै प्रसूति सेवा दिनेमा यही अस्पताल पर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय