काठमाडौं : आज सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक भारी अंकले ओरालो लागेको छ।

नेप्से परिसूचक ६.६८ प्रतिशतले घटेर २ हजार ५ सय ७० दशमलव ८१ अंकमा आएर रोकिएको छ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १.२८ प्रतिशतले गिरावट आएको छ।

त्यस्तै, कारोबार रकममा पनि आज भारी गिरावट आएको छ। ४८ हजार २३६ वटा कारोबार हुँदा ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच भएका छन्। जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमै सीमित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय