एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत चितवन टाइगर्सविरुद्ध भैरहवा ग्लाडियटर्स ६ विकेटले विजयी भएको छ ।

चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि प्रदीप ऐरीले अर्धशतकीय पारी खेले ।

उनले ७२ बलमा ८ चौका र तनि छक्कासहित ७२, तमिम इकबालले ४० र उपल थरंगाले अविजित ३९ रन बनाए । बलिङमा करिम जन्नतले सर्वाधिक २ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनायो ।

उसका लागि करिम जन्नतले ३५, मोहम्मद शहजादले ३२, सेकुगे प्रशन्नले २४, भीम सार्कीले १६, राजेश पुलामीले १४ र कप्तान दिलिप नाथले १३ रन बनाए ।

भने दोश्रो खेलमा डकवर्थ लुईस नियम अनुसार पोखरा विरुद्ध काठमान्डू बिजयी भएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनायो ।

उसका लागि अमित श्रेष्ठले ५६, रियान बरलले ५०, रहमानुल्लाह गुर्बाजले १२ रन बनाए । आज सन्दीप लामिछानेले पनि आक्रामक पारी खेले । उनले ११ बलमा ३ छक्का र २ चौकासहित ३१ रन बनाए ।

बलिङमा विवेक यादवले ३, विक्रम सोब, नन्दन यादव, किशोर महतो र सहान अर्चिगेले समान १ विकेट लिए ।

पोखराले भने निर्धारित २० ओभर को खेल १५ ओभर छोट्टिए पछि ५ विकेट को क्षतिमा १४५ रन मात्र बनाउन सफल रहयो । उसका लागी सहन अरच्चिगेले ४३ , बिबेक यादवले ४१, लोकेश बम ले १५ त्यस्तै रिचार्ड लेभीले १७ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन ।

बलिङमा गुलसन झा २ , जितेन्द्र मुखिया २ तथा सन्दिप लामिछानेले १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय