रत्ननगर,असोज १६
शिव शिखर बहुउद्देश्यीय सहकारीद्धारा संचालीत गार्डेन मार्ट डिपार्टमेन्टको शाखा रत्ननगरमा पनि शुभारम्भ भएको छ । शनिबार रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले रिवन काटेर शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले रत्ननगरमा सेवा शुभारम्भ भएकोमा खुसी ब्यक्त गर्दै मार्ट रत्नगरको शोभा भएको बताए । उनले एउटै छानामुनी सबै सामान पाउने भएकोले ग्राहकहरुको समयको बचत र धेरै सामानको लागि बजार घुमिरहनुपर्ने वाध्यता अन्त्य हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा मार्टका प्रवन्धक अमेशराज भण्डारीले उपभोक्ताहरुले मार्टबाट खाद्यान्न,इलेक्ट्रोनिक्स,लत्ता कपडा, पेय पदार्थ लगायतको सामान खरिद गर्न सक्ने बताए । उनले चाडपर्वको अवसरमा ग्राहकरुलाई छुट दिइरहेको र आगामी दिनमा पनि ग्राहकहरुकै मागलाई मध्यनजर गर्दै अगाडी वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

शिव शिखर एग्रो प्रालि नारायणी अञ्चलका क्षेत्रीय प्रबन्धक जुयस भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी,लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक चिफ निरज श्रेष्ठ,रत्ननगर जेसिजका अध्यक्ष हेमराज आचार्य,नेपाल रेडक्रस सोसाइटी रत्ननगरका सभापति गोबिन्द श्रेष्ठ,पुर्वि चितवन पत्रकार मंचका अध्यक्ष होमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय