चितवन,
कालिका नगरपालिकाको क्लब चोकमा रोदिज्ञा स्पोर्टस संचालनमा आएको छ । फुटबल टोलीका पुर्व राष्ट्रिय कप्तान विराज महर्जनले शनिबार एक कार्यक्रममा बिच स्पोर्टसको रिवन काटेर उद्घाटन गरेका हुन् । खेलाडी र खेलकुद प्रेमीलाई लक्षित गरेर स्पोर्टस संचालनमा ल्याइएको संचालक दिवस मगरले जानकारी दिए । फुटबल, क्रिकेट, व्याटमिन्टन खेलका सामग्री, स्पोर्टस वेयर र जिमका सामग्री लगायत खेलकुद संग सम्बन्धित अन्य सामग्री पनि स्पोर्टसमा उपलब्ध भएको संचालक मगरले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै फुटबल टोलीका पुर्व राष्ट्रिय कप्तान महर्जनले रोदिज्ञा स्पोर्टस संचालनमा आएकोमा खुसी ब्यक्त गर्दै संचालकलाई सबैले साथ र सहयोग गर्नुपर्ने वताए । उनले खेल क्षेत्रको विकासको लागि स्पोर्टसले योगदान गर्ने विश्वास ब्यक्त गर्दै ब्यवसायिक सफलताको कामना गरे ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी,खेलकुदसंग सम्वन्धित ब्यक्ती,समाजसेवी , विभिन्न संघ संस्थाका प्रतिनिधी,स्थानिय खेलाडी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय