चितवन । नेकपा एकीकृत समाजवादी पार्टीको आइतवार रत्ननगर नगर कमिटी घोषणा गरिएको छ । पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १०१ सदस्यीय नगर कमिटी घोषणा गरिएको हो । बद्रिनाथ घिमिरेको अध्यक्षतामा सदस्यीय नगर कमिटी घोषणा गरिएको हो ।

कमिटीको उपाध्यक्षमा हरिकुमार श्रेष्ठ,एन्जिला कुँवर,सचिवमा रामहरि अधिकारी र सहसचिवमा इश्वर अधिकारी चयन भएका छन् । सो पार्टीका नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरेले कमिटी घोषणा गरेका थिए । नवगठित कमिटीलाई पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डा.कृष्ण पन्त,जिल्ला सचिव कुलप्रसाद लामिछाने,युवा नेता साकार लामा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय