चितवन : नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाक्रीले केपी ओली एजेण्डा बिहिन बनेकाे बताएकी छिन् । उनले आउदो चुनावमा बुर्का ओडेर भोट माग्न व्याङग्य गरिन् । उनले माधव नेपालको साथ छाडेका नेताहरु छिटै फर्किने दावी गरेकी छिन ।

रत्ननगर कमिटि घोषणा कार्यक्रममा बोल्दै उनीहरु फर्किने ठाउँनै नेकपा एसनै भएको जीकिर गरिन् । “अध्यक्ष ज्युले धेरै केही नभन्नुस, उहाँहरु फर्केर यहीँ आउनुपर्छ भन्नुभएको छ”, उनले भनिन, “म धेरै बोल्दिन, फेरि एउटै मञ्चमा बोल्नुपर्ला, सँगसँगै हिड्नुपर्ला ।”

एमालेमै फर्केका नेताहरुलाई बुख्याचाको आरोप समेत लगाइन् । उनले एमाले अध्यक्ष ओलीलाई मालिक बनेको आरोप लगाइन् । “विधान महाधिवेशन हेर्यौं, मालिकले तोकेको पद पाएछन्, २ महिनापछि हुने महाधिवेशनमा तोकेको पद पाउलान्, चुनावमा मालिकले तोके बमोजिम टिकट पाउँछन्”, उनले भने, “अवसरवादीहरुको पञ्चको जस्तै हालत हुनेछ ।” उनले सूर्य चिन्ह भन्दा केपी ओलिले नङ्ग्राएको फोटो लिएर चुनावमा जान चेतावनी दिइन् । ओलीलाइ सत्ताच्युत गर्न लागेर फेरि उनीसँगै बसेका नेताहरु दुस्मन वा चाकडी कुन कित्तामा लाग्नेछन् भनेर व्याङ्ग्य गरिन् । आँफुहरु ओलीको दुस्मन बनेर उनलाई पराजित गर्न लागिपर्ने दावी गरिन् ।

उनले एमालेको विधान महाधिवेशनलाई ओली राजाबाट महाराजा हुने मेला मात्र भएको बताइन ।
उनले विधान महाधिवेशनमा पानीको बोत्तलमा फोटो सास्ने देखि महङ्गा महङ्गा पोस्टर,होडिङबोर्ड छाप्ने पैसाको श्रोत खुलाउनु पर्ने बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय