रत्ननगर,असोज १५
रत्ननगर नगरपालिकाले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताका विषयमा बैंकहरुसंग शुक्रवार अन्तरक्रिया कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरण र दशैंको समयमा गरिने पैसा वितरणलाई व्यवस्थित बनाउने विषयमा छलफल गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।

सो नगरपालिकाले नेपाल बैंक,कुमारी बैंक,गरिमा विकास बैंक,प्रभू बैंक,एनसीसी बैंक,सिद्धार्थ बैंक,महालक्ष्मी विकास बैंक र मेघा बैंकका शाखा प्रमुखहरुसंग अन्तरक्रिया गरेको हो ।

सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडाध्यक्षहरु लालबहादुर भट्ट,बलराम दाहाल,हुमनाथ लामिछाने,बीरबहादुर पाख्रिन,विनोद बस्नेत,शशीभक्त न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय