चितवन १३ असोज । रत्ननगरमा रहेको गैंडा सामुदायिक पर्यटन सहकारी संस्था लि.को अध्यक्षमा अनिल अर्याल चयन भएका छन् । संस्थाको १०औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा सन्चबहादुर तामाङ, सचिवमा गोपीकृष्ण विडारी, कोषध्यक्षमा विन्दु बानियाँ चयन भएका छन्।

यस्तै सदस्यहरूमा भने सीता रिजाल, सरस्वती सेढाईँ, कल्पना जिसी, विन्दु रिजाल र लीलावती चापागाई चयन भएका छन्। लेखा समिति संयोजकमा यौवनकुमार पराजुली र सदस्यहरूमा गीता तिवारी र रश्मी भारती चयन भएका छन्।

वडा नं ७ का वडाध्यक्ष लालबहादुर भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाका अध्यक्ष सिरलाल परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय