रत्ननगर : रत्ननगर नगरपालिका वडा नं ७ मा नेकपा ( एकिकृत समाजवादी ) ले २१ सदस्यीय वडा पार्टी कमिटी गठन गरेको छ । जसको अध्यक्षमा मथुरा चौधरी , उपाध्यक्षमा बोधराम महतो, सचिवमा उत्तम गुरुङ र उपसचिवमा दुर्गा पौडेल चयन भएका छन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पार्टीका केन्दिय सदस्य तथा प्रदेश साँसद कृष्ण प्रसाद खनालले “कसैको स्वेच्छाकारी स्वार्थले निष्ठावान कार्यकर्ताको भावनामा ठेस पुग्ने बताउदै प्रवृत्ति विरुद्ध विद्रोह गर्नुपरेको र अवको यात्रा गरिव तथा आवाज विहिनको आवाज बुझ्ने सामाजिक पथको हुने भन्नुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष डा. कृष्ण पन्त, सचिव कुल प्रसाद लामिछाने , नगर ईन्चार्ज दुर्गा प्र. घिमिरे , सह ईन्चार्ज ईश्वरी प्र. लामिछाने , जि. क. सदस्य रोजनाथ पाठक, अर्जुन ढकाल , उदय अर्याल लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय