चितवन । नेकपा एकीकृत समाजबादीले रत्ननगर ९ मा सोमवार वडा कमिटी गठन गरेको छ । ४३ सदस्यीय वडा कमिटीको अध्यक्षमा बालकृष्ण पौडेल चयन भएका छन् ।

कमिटीको उपाध्यक्षमा मीनबहादुर लामा र गायत्री विक,सचिवमा विजय रिजाल,सहसचिवमा भिखु महतो चयन भएका छन् । नब गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रय सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनालले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । सो अबसरमा उनले सिंगो नेपाली राजनीतिको नेतृत्व गर्ने गरी समाजबादी पार्टी स्थापना गरिएको भन्दै संगठन विस्तारै गर्दै पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने बताए ।

केन्द्रीय सदस्य सुर्य लामिछानेले देशभर पार्टीको संगठन निर्माण र विस्तारको काम भइरहेको भन्दै छिट्टै समाजबादी देशका ठुला दलहरुको हैसियतमा पुग्ने दावी गरे । जिल्ला अध्यक्ष डा.कृष्ण पन्तले जिल्लामा पार्टीको संगठन विस्तारलाई तीब्रता दिइएको बताए ।

जिल्ला कमिटी सदस्य तथा कार्यपालिका सदस्य सरस्वती लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव कुलप्रसाद लामिछाने,जिल्ला सदस्य बद्रिनाथ घिमिरे,नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरे,जिल्ला सदस्य तथा वडाध्यक्ष रोशन आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला सदस्य झलक खनालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय