काठमाडाैं : सत्तारूढ गठबन्धन दलकाे बालुवाटारमा भएकाे बैठकले मन्त्रिपरिषद विस्तारका लागि मन्त्रालय बाँडफाँडकाे जिम्मेवारी शीर्षस्थ नेताहरुलाई दिएकाे छ । बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको हाे ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिनुभयाे । अबको एक दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने गरी जिम्मेवारी दिइएकाे रायकाे भनाइ छ ।

अध्यादेश, मन्त्रिपरिषदको पूर्णता, मन्त्रालयको भागबण्डा लगायतका विषयमा छलफल गर्न आइतबार बिहान बसेको बैठकले परिणाम दिनेगरी समाधान खोज्न नेताहरुलाई जिम्मेवारी दिएको हो । असार २९ मा गठबन्धनका तर्फबाट प्रधानमन्त्री नियुक्त हुनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले तीन महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय