ओमान भ्रमणअन्तर्गत नेपालले आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा चारमध्ये दुई खेलमा जित हात पार्‍यो । नेपालले सिरिजअघि पीएनीसँग दुई खेल लगातार जितेको थियो ।

६ खेलमा नेपालको प्रदर्शन एकनासको रहेन । पहिलो खेलमा पीएनजीविरुद्ध जित हासिल गर्न नेपालले ठूलो संघर्ष गर्नुपर्‍यो ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रूपमा रहेको लिग-२ मा सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा हरेक टिमले ९ सिरिजसहित ३६ म्याच खेल्न पाउनेछन् । त्यसमा नेपालले ८ म्याच खेलेको छ ।

अझै ७ सिरिजमा २८ खेल नेपालले खेल्न बाँकी छ । नेपालले गत मार्चमै यो सिरिज खेल्ने तय भए पनि कोभिड-१९ का कारण स्थगित भएको थियो ।

त्यसपछि नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज स्पेनमा गर्ने तय भयो । तर, फेरि कोभिडकै कारण सो सिरिज एक वर्ष पछि सर्‍यो । अब उक्त सिरिज २०२२ मा हुने आईसीसीले जनाएको छ ।

यस्तै, २०२२ को फेब्रुअरीमा नेपाल, यूएई र पपुवा न्युगिनीबीचको सिरिज नेपालमा हुने तालिका छ । सन् २०२२ को मार्चमा नेपालले नामिबिया भ्रमण गर्ने तालिका छ । जसमा नेपाल र नामिबियासहित स्कटल्याण्डले खेल्नेछन् ।

यस्तै, सन् २०२२ कै जुलाईमा नेपाल, ओमान र अमेरिकाबीच अमेरिकामा सिरिज हुने तय भएको छ । यसैगरी २०२२ को सेप्टेम्बरमा नेपाल, पपुवा न्युगिनी र यूएईबीचको सिरिज पपुवा न्यूगिनीमा हुने आईसीसीले जनाएको छ ।

अर्को वर्ष नेपालले लिग-२ कै पाँच वटा सिरिज खेल्ने तय भएकाले व्यस्त तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय