काठमाडौं । अमेरिकासँगको एकदिवसीय म्याचमा नेपाल १ सय ७४ रनमै अलआउट भएको छ । टस हारेर ब्याटिङको मौका पाएको नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भएको हो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतीय पारी खेले । उनले १०५ बलमा तीन चौकासहित ५५ रन बनाए । एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्रको यो तेस्रो अर्धशतक हो । योसँगै उनी वानडेमा नेपालको तर्फबाट तीन अर्धशतक बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन् ।

यसअघि, एकदिवसीय क्रिकेटमा नेपालको तर्फबाट रोहितकुमार पौडेलले सर्वाधिक तीन अर्धशतक बनाएका थिए । अब उनको कीर्तिमान मल्लले बराबर गरेका छन् । कुशल भुर्तेल ३६, गुल्शन झा २७, करण केसी १२, विनोद भण्डारी, सन्दीप लामिछाने ११/११, आसिफ शेख तीन, रोहितकुमार पौडेल, करण केसी दुई/दुई र कुशल मल्ल भने शून्य रनमै आउट भए ।

बलिङमा सौरभ नेत्रावल्करले चार, कायलम फिलिपले तीन, एल्मोर हचिन्सन, नोसुतोष केन्जिङ्गे र करिमा गोरेले एक/एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय