काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६५ जनाको पीसीआर परीक्षणमा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जना को मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३५१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय