चितवन : चितवनमा जारी निषेधाज्ञा असोज १ गतेदेखी १५ गतेसम्मका लागी थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै असोज १५ गतेसम्मका लागी निषेधाज्ञा थपिएको हो ।

कोभिड १९ को संकमणको जोखिम बढ्ने गरी भौतिक रूपमा उपस्थित भई गरिने सबै प्रकारका सभा सम्मेलन , प्रदर्शन , भेला , जात्रा तथा महोत्सव सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

कोभिड -१ ९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार ( मन्त्रिपरिषदको निर्णय, कोभिड -१ ९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश , २०७८ को दफा ( ४ ) , स्थानीय प्रशासन ऐन , २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) र संक्रामक रोग ऐन , २०२० को दफा ( २ ) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८/०६/०१ गते देखि २०७८/०६/१५ गते सम्म चितवन जिल्ला भर लागू हुने गरी तपसिल बमोजिम गर्न / गराउन आदेश जारी गरिएको व्यहोरा अनुरोध छ ।

१. कोभिड़ -१ ९ को संकमणको जोखिम बढ्ने गरी भौतिक रूपमा उपस्थित भई गरिने सबै प्रकारका सभा सम्मेलन , प्रदर्शन , भेला , जात्रा तथा महोत्सव सञ्चालन गर्न नपाइने । तर कानून बमोजिम गर्ने पर्ने साधारणसभा , सम्मेलन , अधिवेशनको हकमा नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्यका मापदण्डको पालना गर्ने / गराउने सुनिश्चितता गरी जिल्ला कोभिड -१ ९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराई सञ्चालन गर्न सकिने ।

२. सबै प्रकारका उद्योग / व्यवसाय लगायत जुनसुकै कार्य वा गतिविधि सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने , भौतिक दुरी कायम गर्ने , भिडभाड नहुने सुनिश्चितता गर्ने । अनुगमनको क्रममा जनस्वास्थ्यका मापदण्ड पालना नगरेको / नगराएको पाइएमा अनुगमन समितिको सिफारिसमा त्यस्ता पसल व्यवसायलाई यस आदेश अवधिभर बन्द गराई कानून बमोजिम कारवाही समेत हुन सक्ने ।

३. सिनेमा हल संचालन सम्बन्धमा सम्बन्धित व्यवसायीहरुसंग समन्वय गरी कोभिड -१ ९ को संक्रमण नहुने सुनिश्चितता सहितको मापदण्ड तयार भए पश्चात आवश्यक निर्णय गरिने ।

४. कोभिड -१ ९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्क ( Contact Tracing ) मा परेका व्यक्तिहरूले नेपाल सरकारले निशुल्क व्यवस्था गरेको एन्टिजेन परीक्षणका लागि सम्बन्धित स्थानीय तह / अस्पतालमा सम्पर्क गरी परीक्षण गराउने ।

५. कोभिड -१ ९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि क्रियाशील सम्बद्ध पक्षको सहयोग तथा समन्वयमा सञ्चालित मास्क अभियानलाई थप प्रभावकारी बनाउदै निरन्तरता दिने ।

६. संक्रमणमा घट / बढ भएमा यस आदेशमा भएका व्यवस्थाहरू जुनसुकै बेला पुनरावलोकन गर्न सकिनेछ ।

७. उल्लिखित आदेशको पालना तथा कार्यान्वयनमा आवश्यक सहयोग , समन्वय तथा सहजीकरण हुन सम्बद्ध सबै सरोकारवाला तथा आम चितवनबासी दिदीबहिनी तथा दाजुभाइ समक्ष हार्दिक अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय