चितवन : नेपाली लघु चलचित्र “भुलक्कड” सार्वजनिक गरिएको छ । चितवनको प्राकृतिक सौन्दर्यले भरिपुर्ण गोलाघाटमा छायांकन गरिएको लघु चलचित्रमा रामु आचार्य, टिकाराम लामिछाने, गोपाल गुरुङ , ज्योति तामांग, अमृता क्षेत्री, सन्तोष सिलवाल लगाएतको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा हास्य रसको प्रयोग गरिएको र समाजलाई सकारात्मक संदेश प्रदान गरिएको कथाकार, सम्पादक तथा निर्देशक रामु आचार्यले बताए । ह्याप्पी मिडिया नेटवर्कले निर्माण गरिएको लघु चलचित्र ह्याप्पी मिडियाको आधिकारिक यु-ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रलाई इमान बस्नेतले खिचेका हुन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय