काठमाडौं । नेपालले भोलिदेखि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिजमा नेपालले पहिलो खेल अमेरिकाविरुद्ध खेल्ने छ ।

नेपाल र अमेरिकाबीचको खेल अपरान्ह ४ः१५ बजेदेखि सुरू हुनेछ । दुवै टोलीले पीएनजीसँग दुई/दुई अभ्यास म्याच खेलेर त्रिकोणात्मक सिरिज खेल्न लागेका हुन् ।

पीएनजीसँग नेपाल र अमेरिकाले उत्कृष्ट प्रदर्शन गरेका गरेका थिए । अमेरिकाका जसकरण मल्होत्राले त पीएनजीविरुद्ध ६ बलमा ६ छक्का हिर्काएका थिए ।

अमेरिकाका मल्होत्रा, स्टिभन टेलरलगायत ब्याट्सम्यान उत्कृष्ट लयमा छन् । यता नेपालको टिममा रोहितकुमार पौडेल, ज्ञानेन्द्र मल्ल, करण केसीले पीएनजीविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गरेका थिए ।

बलिङमा सन्दीप लामिछाने शानदार लयमा देखिएका छन् । उनले अमेरिकाविरुद्ध पनि सोही लय कायम राख्न सके नेपाललाई फाइदा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय