काठमाडौं । वेष्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत जमैका तल्लावाजविरुद्ध गयाना अमेजन वारियर्स ४६ रनले विजयी भएको छ ।

१ सय ७० रनको लक्ष्य पछ्याएको तल्लावाजले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २३ रन बनाउन सक्यो ।

उसका लागि क्रीग म्याकेन्जीले २८, शामार ब्रुक्सले २१, केन्नर लुईस, हैदर अलीले १६/१६ र कप्तान रोभम्यान पावेलले १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा ओडियन स्मिथ, गुडाकेश मोतीले तीन/तीन, नवीन उल हकले दुई र रोमारियो शेफर्डले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

उसका लागि कप्तान निकोलस पूरनले आक्रामक पारी खेले । उनले ३९ बलमा सात छक्का र चार चौकाको मद्दतमा अविजित ७५ रन बनाए ।

त्यस्तै, शिमरन हेटमायर, शोएब मलिकले २३/२३, चन्द्रपाल हेमराजले १६ र ब्रान्डन किंगले १२ रन बनाए ।

बलिङमा आन्द्रे रसेलले दुई, क्रिस ग्रीन, मिगाएल प्रिटोरियसल र कोर्लोस ब्राथवेटले एक/एक विकेट हात पारे ।

यो जितसँगै वारियर्स १० अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै, तल्लावाज ८ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ ।
श्रोत : बझाङ न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय