काठमाडौं । वेष्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रीनबागो नाइट राइडर्सविरुद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स ८ विकेटले विजयी भएको छ ।

नाइट राइडर्सले दिएको १ सय ५९ रनको लक्ष्य प्याट्रियट्सले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि इभन लुईसले शतकीय पारी खेले । उनले ५२ बलमा ११ छक्का र ५ चौकासहित अविजित १०५ रन बनाए ।

त्यस्तै, क्रिस गेलले ३५, डेभन थोमसले एक र रवी भोपाराले अविजित ७ रनको योगदान दिए ।

बलिङमा किरण पोलार्ड र अलि खानले एक/एक विकेट लिए । त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको टीकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो ।

उसका लागि सुनिल नारायणले आक्रामक पारी खेले । उनले १८ बलमा चार छक्का र एक चौकासहित अविजित ३३ रन बनाए ।

त्यस्तै, कोलिन मनुरोले ४७, डारेन ब्रावोले २२, कप्तान किरण पोलार्डले १५, लिन्डल सिमन्स, अकिल होसेनले ११/११ र दिनेश रामदिनले १० रनको योगदान दिए ।

बलिङमा डोमेनिक ड्रक्स, जोन-रस जगगेसरले तीनतीन र सेल्डन कोट्रेलले एक विकेट लिए ।

श्रोत : बझाङ न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय