चितवन २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले चितवन जिल्ला कमिटी र भरतपुर महानगर कमिटी गठन गरेको छ ।

शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको छ । चितवन कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने (लब्ली), सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन् ।

यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । महानगर कमिटीको उपाध्यक्षमा केशवराज पोख्रेल, सह सचिवमा शोभा पण्डित रहेका छन् ।

पार्टीका केन्द्र सदस्य तथा प्रदेश साँसद राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनाल,प्रदेश साँसद पार्वती सिलवाल,अनेरास्ववियुका जिल्ला अध्यक्ष साकार लामा लगायतले मन्तव्य राखेका थिए । सचिव लामिछानेले सञ्चालन गरेको कार्यक्रममा प्रदेश कमिटी सदस्य राजेन्द्र हमालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय