काठमाडौं : दोस्रो एकदिवसीय म्याचमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ सय ३४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनायो । उसका लागि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले १ सय २३ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ८६ रन बनाए । एकदिवसीय क्रिकेटमा रोहितको यो करियरकै उत्कृष्ट ब्याटिङ हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ५५ रन थियो ।

त्यस्तै, करण केसीले आक्राक ब्याटिङ गरे । उनले २४ बलमा चार छक्का र दुई चौकासहित ४२ रन बनाए । एकदिवसीय क्रिकेटमा करणको पनि यो करियरकै उच्च प्रदर्शन हो । यसअघि वानडेमा उनको उच्च स्कोर १८ रन थियो । त्यस्तै, आज कप्तान ज्ञानेन्द्र मल्लले ४५, विनोद भण्डारीले १७, सोमपाल कामीले ११, कुशल भुर्तेल र आशिफ शेखले तीन/तीन रनको योगदान दिए ।

बलिङमा चाड सोपरले सर्वाधिक तीन विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय