रामु आचार्य ।
भाद्र २४ , रत्ननगर : यतिवेला देशभर एमसीसीको विरोध भैरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विश्वव्यापी गरिबीसँग जुध्न विभिन्न मुलुकहरूमा आर्थिक अनुदान उपलब्ध गराउने अमेरिकाको वैदेशिक सहायता एजेन्सी भएको बताईएको छ । यसको वेबसाइटमा एमसीसीलाई अमेरिकाको नयाँ र स्वतन्त्र (इनोभेटिभ एन्ड इन्डिपेन्डेन्ट) सहायता एजेन्सीका रूपमा चिनाइएको छ ।

अमेरिकाले यो सहयोगलाई इण्डो प्यासिफिक रणनीतिकै अङ्ग मान्न खोजेको,नरम लोकतान्त्रिक विदेश नीतिभन्दा सैन्य नीति हावी भएको, भारततर्फको प्रसारण लाइन निर्माणलाई अनिवार्य शर्त राख्नुलाई कूटनीतिक स्वार्थ रहेको लगाएतका आरोप लगाउदै कुनै पनि हालतमा एमसीसी पास हुने नदिने एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति रत्ननगरका अध्यक्ष अर्जुन कुमार गौतमले बताएका छन् । उनि थप्छन “नेपालीलाई गुलाम बनाउने यो सम्झौता खारेजीको बाटो तर्फ़ सम्बन्धित पक्ष नलागेमा हामि सडकमा उत्रने छौं , बलिदान दिन पनि पछि पर्ने छैनौ । हाम्रो देशको जल , जमिन , जंगल लगायतका प्राकृतिक श्रोतमा विदेशीको आँखा लाग्नु हामीलाई स्वीकार छैन ” ।

एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले सम्बन्धित पक्षलाई झक्झकाउन नारायणगढ लगाएत ६ ठाममा सचेतना कार्यक्रम, साम्सदलाई पत्राचार, राँके जुलुस कार्यक्रम हरु सम्पन्न गरिसकेको छ । समितिले भोलि सिडियो कार्यालय घेराउ कार्यक्रम राखेको छ भने आगामी भाद्र २८ गते राजधानीमा नेत्र विक्रम चन्द विप्लभले एमसीसी विरुद्ध सम्वोधन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय