चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा ५७ जना, चितवन मेडिकल कलेजमा २१ जना, पुरानो मेडिकल कलेजमा २ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ४ जना ,अन्य अस्पतालमा ४ जना, माडी नगरपालिकामा १ जना र कालिका नगरपालिकामा २ गरी जिल्लामा थप ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनमा आईसीयूमा ३८ जना, भेन्टिलेटरमा ७ जना, एचडीयूमा २४ जना र जेनरल बेडमा २९ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय