चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला पार्टी प्यालेस खोल्न दिने तर सिनेमा हल खो्ल्न नदिने गरी निषेध आदेश जारी गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सूचना जारी गर्दै ५० प्रतिशत क्षमता नकट्ने गरी पार्टी प्यालेस साँझ ६ बजेसम्म खोल्न दिने उल्लेख गरेका छन । भदौ २१ गतेदेखि चितवनमा पार्टी प्यालेस सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । प्रशासनको निर्णय आउन अघि नै यहाँका पार्टी प्यालेसमा तीजका दर खाने खुवाउने कार्यक्रम श्रृखलावद्ध रुपमा चलिरहेका छन ।

पार्टी प्यालेस र सिनेमा हलमा हुने भिड एउटै प्रकृतिको भए पनि प्रशासनले सिनेमा हल खोल्न नदिँदा सञ्चालकहरुले असन्तुष्टि जनाएका छन । प्रशासन कार्यालय पार्टी प्यालेस सञ्चालकहरुको दवावमा परेको टिप्पणी भइरहेको छ ।

प्रशासन कार्यालयले असोज एक गतेदेखि स्थानीय तहसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिले स्वीकृत स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ अनुसारका सूचकहरु पूरा गर्ने र विद्यालय खोल्न सिफारिस गरे स्थानीय तहले जिल्ला कोभिड–१९ व्यवस्था समितिसँग समन्वयन गरी पठनपाठन सञ्चालनको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय