चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा ५५ जना, चितवन मेडिकल कलेजमा २० जना, पुरानो मेडिकल कलेजमा १ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ५ जना ,अन्य अस्पतालमा ५ जना, माडी नगरपालिकामा ३ जना र कालिका नगरपालिकामा २ गरी जिल्लामा थप ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै, चितवनमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । चितवनका ३ जना, मोरङ र लम्जुङ्गका १/१ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चितवनमा आईसीयूमा ३४ जना, भेन्टिलेटरमा ७ जना, एचडीयूमा २४ जना र जेनरल बेडमा ३३ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय