चितवन : चितवन प्रहरीले नगद तीन लाखसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको जुवा, तास नियन्त्रण अभियान अन्र्तगत

भरतपुर महानगरपालिका वडा न. १६ पश्चिम रामपुर स्थित धिरेन्द्र हमालको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगदसहित पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीलाई आएको गोप्य सूचनाको आधारमा चितवन प्रहरीबाट खटिएको विशेष टोलीले नगद तीन लाख सत्र हजार चार सय पच्पन्न रुपैयासहित ७ जनालार्इ पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा न. १९ का ५८ बर्षिय हिमाली गुरुङ, ४८ बर्षिय मेख बहादुर तामाङ, १९ बर्षिय राज कुमार शाही, ५० बर्षिय बुद्धिराज महतो, ४४ बर्षिय लक्ष्मण श्रेष्ठ, ४४ बर्षिय बद्री लामा, ४२ बर्षिय धिरेन्द्र हमाल रहेका छन् । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय