चितवन : पछिल्लो २४ घण्टामा चितवनमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७१९ जनाको पिसिआर परिक्षण गर्दा ४६ र ९९ को एन्टिजेन परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लामा आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३५, खैरहनि २ , माडि १० ,रत्ननगर १२, कालिका १ र इच्छाकामनाका १ जनामा संक्रमण भएको हो।

चितवनका विभिन्न अस्पतालमा ३८ जनाको आइसियुमा छन। जसमध्ये १० जनाको भेन्टिलेटर र २८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२९१ जना रहेका छन।

चितवनमा कुल मृतकको संख्या ३९६ पुगेको छ । चितवनमा आज मात्र १३५ जना संक्रमीत निको भएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय