काठमाडौँ : कोभिड १९ को संक्रमण बढेपछि नेपाल सरकारले जारी गरेको निषेधाज्ञा चार महिनापछि उपत्यकामा खुलेको छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीको बैठक बसेर निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

बैशाख १६ गते देखि सुरु भएको निषेधाज्ञा आजदेखि खुलेको छ । निषेधाज्ञा खुलेपनि ढुवानीका सवारी साधनमा केहि निषेध गरिएको छ ।

शैक्षीक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्नुपरेमा स्वास्थ्यका मापदण्ड पुरा गरी स्मार्ट लकडाउनको कार्यविधि अनुसार सञ्चालन गर्नुपर्ने भएको छ । त्यस्तै होटल पसल तथा अन्य व्यवसायहरु निर्वाध रुपमा सञ्चालन गर्न पाइने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय