१२ भाद्र ,
चितवन : जिवनमा हुने सुख दु:खका पलहरु साट्ने थलो मञ्जुश्री असाहय संरक्षण केन्द्र बन्दै गरेको छ । यहा अहिले २२ जना संरक्षकविहिन बालिकाहरु आश्रित छन् । मञ्जुश्री असाहय संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खांडले जन्मदिन, स्मृति दिवस लगाएतका अन्य पलहरु यहा आएर मनाउन समेत आग्रह गरेकी छिन । वालिकाहरुलाई हुर्काउन, बढाउन तथा पढाउन दैनिक रुपमा हुने खर्चहरु दाताहरुको सहयोगले मात्र चल्ने गरेको छ । मञ्जुश्री असाहय संरक्षण केन्द्रले करिव ५ सय जनालाई पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ भने कतिपयलाई सिप सिकाई आफ्नै खुट्टामा उभिन सक्ने बनाएको छ । परिवार विहिन तथा पिडितहरुको साहारा बन्दै अनवरत यात्रामा लागेकी खांडलाई दैनिक जिन्दगीमा आश्रित वालवालिका बाहेक अरु केहिको पनि चिन्ता छैन । उनि भन्छिन “संरक्षण केन्द्रमा आश्रित वालवालिकाहरुलाई जिन्दगीमा ठुलो मान्छे भन्दा पनि असल मान्छे बनाउने धोको छ” ।

राप्ति नगरपालिका निवासी श्रद्धा तिमल्सीनाले आज आफ्नो जन्मदिन मञ्जुश्री असाहय संरक्षण केन्द्र संगै मनाएकी छिन । जन्मदिनमा होटलमा गएर खर्च गर्नुभन्दा असाहय संरक्षण केन्द्रमा आश्रित वालवालिका संग खुसि साट्न यहा आएको उनले बताईन । श्रद्धा तिमल्सीनाले मञ्जुश्री असाहय संरक्षण केन्द्रलाई ९ हजार रुपैया हस्तान्तरण गरेकी छिन । आगामी दिनमा पनि मञ्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग गर्ने उनको भनाई थियो साथै आफ्नो जिन्दगीका हरेक पलहरु मञ्जुश्री असाहय संरक्षण केन्द्र संगै साट्न समेत उनले सम्पूर्णमा आग्रह गरेकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय