चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा जिल्ला समन्वय समिति (जिसस) चितवनले आर्थिक वर्ष २०७७/७८ को दुई दिने वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ ।

एक समारोहका विच पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जिसस चितवनको वार्षिक प्रगति समीक्षा उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले विकासको गतिमा चितवनका स्थानिय तहहरुले गरेको प्रगति राम्रो भएको बताए । उनले प्रगति राम्रो भए पनि अझै जनमुखी काममा धयान दिन सुझाव पनि दिए ।
समिक्षा कार्यक्रममा जिल्लाका स्थानीय तह र सरकारी कार्यालयहरुबाट एक वर्षमा गरिएका काम र त्यसबाट भएको प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

सो अवसरमा रत्ननगर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, कालिका नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मी, माडी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, खैरहनी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भूजेलले आर्थिक वर्ष २०७७ ७८ मा गरिएका काम र उपलब्धी समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको तर्फबाट कोष नियन्त्रक शरदचन्द्र शर्मा र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको तर्फबाट कार्यालयका प्रमुख डा.दयाराम चापागाईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल, रत्ननगरका मेयर नारायण वन, कालिकाका मेयर खुमनारायण श्रेष्ठ, रत्ननगरकी उपमेयर विमला दुवाडी, कालिकाकी उपमेयर कमला भट्टराई, राप्तीका उपमेयर इमानसिंह लामालगायतको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय