चितवन १२ भदौं । माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादी पार्टीले चितवनमा संगठन निर्माण सुरु गरेको छ । रत्ननगर नगरपालिका वडा नं ६ बाट सो पाटीले वडा कमिटी सहित अन्य तीन वटा कमिटी गठन गरेर संगठन निर्माण सुरु गरेको हो ।

रत्नननर नगरपालिका वडा नं ६ मा वडा कमिटी,युवासंघ, अखिल नेपाल महिला संघ र अखिल नेपाल किसान संघको कमिटी गठन गरेको छ । सौराहामा कार्यक्रमको आयोजना गरी गोकर्ण गिरीको अध्यक्षतामा २९ सदस्यी पार्टीको वडा कमिटी गठन गरिएको हो । वडाकमिटीको उपाध्यक्षमा राजेन्द्र रिजाल,सचिवमा फडिन्द्र रिजाल,सहसचिवमा हठनराम चौधरी र कोषाध्यक्षमा नेत्रकुमारी उपाध्याय चयन भएका छन् ।

विष्णु थापाको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल युवा संघको वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रकास बस्नेत,सचिवमा रामबहादुर परियार र कोषाध्यक्षमा इश्वर चौधरी रहेका छन् । सरस्वती रिजालको अध्यक्षतमा १५ सदस्यीय अखिल नेपाल महिला संघको वडाकमिटी गठन गरिएको छ । कमिटीको सचिवमा पवित्रादेवी गौतम,सहसचिवमा दुर्गा तिमिल्सिना र कोषाध्यक्षमा शोभा चौधरी चयन भएका छन् । फडिन्द्र क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान संघको वडा कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा भूमिश्वरा ढुंगाना,सचिवमा हरिप्रसाद चौधरी,सहसचिवमा श्रीकृष्ण रिजाल र कोषाध्यक्षमा शोभा रिजाल चयन भएका छन् ।पार्टीका संस्थापक घनश्याम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य अर्जुन ढकालले स्वागत मन्तव्य राखेका थिए ।

समाजबादीका जिल्ला अध्यक्ष तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहेको सो कार्यक्रममा पार्टीका जिल्ला सहसचिव कुलप्रसाद लामिछाने, जिल्ला सदस्य दुर्गाप्रसाद घिमिरे,रत्ननगर नगर कमिटीका अध्यक्ष बद्रिनाथ घिमिरे,युवा संघका केन्द्रीय सचिवालय सदस्य सागर मिश्र लगायतले मन्तव्य राखेका थिए । पार्टीका जिल्ला सचिवालय सदस्य राजु श्रेष्ठ,युवा संघका जिल्ला कमिटी सचिव इश्वरराज अधिकारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय