काठमाण्डौ,भदौ ५
नेपालमा आज थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ३८२ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ७ लाख ४५ हजार ७३१ जना संक्रमित भएकोमा ६ लाख ९५ हजार ९२५ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय