रत्ननगर : चितवनको पर्यटकीय नगरी सौराहामा जेसीजका पदाधिकारी तथा सदस्यहरुलाई बैठक प्रणाली सम्बन्धी तालिम दिइएको छ ।

जेसीज सप्ताह अन्तर्गत रत्ननगर जेसीजले आप्mना सदस्यहरुलाई बैठक प्रणाली सम्बन्धी तालिम दिएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसीजका केन्द्रीय अध्यक्ष अरुणेश्वर खनालले जेसीजको विधि र पद्दतीबारे जानकार हुन बैठक प्रणाली सम्बन्धी तालिम अनिवार्य आवश्यकताको विषय रहेको बताए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भूषालले सहजीकरण गरेका थिए । रत्ननगर जेसीजका अध्यक्ष हेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सुमन पौडेलले जेसीज अभियान र तालिमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।
कार्यक्रममा राष्ट्रिय कानुनी सल्लाहाकार गोकुल सापकोटा,गैंडाकोट जेसीजका अध्यक्ष दया सापकोटा,रत्ननगर जेसीजका महासचिव उपेन्द्रशर्मा आचार्य लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय