रत्ननगर : रत्ननगर जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज चौथो दिन “तपाइको मास्क खोइ अभियान” सम्पन्न गरिएको कार्यक्रम सम्योजक रत्ननगर जेसिजका निर्देशक जेसी राम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

कोभिड १९ कोरोना भाईरस व्यापकताका साथ फैलिरहेकोमा जनचेतना जगाई कोभिड १९ संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले मास्क वितरण गर्दै चेतना अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी हुने पाण्डे बताउछन ।

रत्ननगर जेसिजका महासचिव जेसी उपेन्द्र शर्मा आचार्यले संचालन गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु जेसी सुन्दरलाल श्रेष्ठ, जेसी निरज श्रेष्ठ तथा जेसी रुपनराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रत्ननगर जेसिजका अध्यक्ष जेसी हेमराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय