रत्ननगर । रत्ननगर १ निपनीमा रहेको ओमशान्ति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । रत्ननगर जेसीजको जेसीज सप्ताहाको तेश्रो दिन सो विद्यालयका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई झोला,कापी,कलम लगायतका सामाग्री प्रदान गरिएको रत्ननगर जेसीजका अध्यक्ष हेमराज आचार्यले जानकारी दिए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,अध्यक्ष आचार्यले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपमेयर दुवाडीले रत्ननगर जेसीजले समग्र रत्ननगर क्षेत्रको शिर उच्च राख्ने गरी कार्य गरेको भन्दै प्रसंशा गरेकी थिइन । कार्यक्रममा वडा सदस्यहरु बाबुराम गौतम,शालिक राम पराजुली,प्रधानाध्यापक राधा कुमारी चौधरी, डा वसन्त अधिकारी,जेसीजका पूर्व अध्यक्ष पुष्पराज जोशी लगायतले मन्तव्य राखेका थिए । रत्ननगर जेसीजका उपाध्यक्ष सन्तोष दुवाडीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संयोजक नरहरी पुरी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय