रत्ननगर । रत्ननगर जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज सौराहामा रहेको केटाकेटी घर नेपालमा आश्रित वालवालिकाहरुलाई खाना खुवाइएको छ । जनप्रतिनिधि विक्रम चौधरी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष हरिभक्त घिमिरेले जेसीजले गरेको कामको स्वागत गर्दै धन्यवाद मन्तव्य राखेका थिए । रत्ननगर जेसीजका अध्यक्ष हेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जेसीज सप्ताहका कार्यक्रम संयोजक रत्ननगर जेसीजका निर्देशक आशिष शर्माले स्वागत मन्तव्य राखेका थिए । रत्ननगर जेसीजका महासचिव उपेन्द्र शर्मा आचार्य सञ्चालन गरेको कार्यक्रममा पूर्व अध्यक्ष दीपेन्द्र शर्मा चापागाइ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय