चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा ८८ जना, चितवन मेडिकल कलेजमा ६९ जना, पुरानो मेडिकल कलेजमा २३ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा १२ जना ,अन्य अस्पतालमा २८ जना, भरतपुर महानगरपालिकामा ३ जना, माडी नगरपालिकामा २ जना, खैरहनी नगरपालिकामा ३ जना र कालिका नगरपालिकामा ४ जना गरी जिल्लामा थप २३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यस्तै चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै जना चितवनका रहेका कार्यालयले जनाएको छ ।

चितवनमा आईसीयूमा ९२ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ४८ जना र जेनरल बेडमा ९२ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय