चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा ९९ जना, चितवन मेडिकल कलेजमा ७२ जना, पुरानो मेडिकल कलेजमा २४ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा १३ जना ,अन्य अस्पतालमा ३३ जना, भरतपुर महानगरपालिकामा ४ जना, माडी नगरपालिकामा २ जना, खैरहनी नगरपालिकामा १ जना र कालिका नगरपालिकामा ४ जना गरी जिल्लामा थप २५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यस्तै चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । चितवनका २ जना र नवलपुरका १ जना गरी ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । चितवनमा आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ४१ जना, एचडीयूमा ४७ जना र जेनरल बेडमा १०० जना रहेका छन् । त्यस्तै २४ घण्टामा २६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय