चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम कम गर्न जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । आज (बुधबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा थप कडाइ गरिएको हो ।

औषधि, अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल पूर्णरुपमा सञ्चालन गर्न पाइने छ ।

यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा र मासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अन्य पसलहरु बन्द रहने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय