सर्लाही । सर्लाही जिल्लाका सीमान्तकृत मुसहर महिलाको सशक्तिकरणको लागि दुई बर्षे परियोजना सुरु गरिएकोे छ । अण्डेफको आर्थिक सहयोगमा साप नेपाल काठमाडौंले मुसहर महिलाको सामाजिक तथा आर्थिक विकासको लागि परियोजना सुरु गरेको हो । साप नेपालले मुसहर महिलाको नेतृत्व विकासका लागि आर्थिक,सामाजिक,राजनीतिक सशक्तिकरण तथा जीविकोपार्जनका लागि आयआर्जनका कार्यक्रम सुरु गरेको हो । यसका साथै स्थानीय सरकारसंग सम्पर्क र समन्वय गरी बजेट तथा योजना माग गर्न मुसहर महिलाहरुको क्षमता तथा नेतृत्व विकास गरिने छ ।

सर्लाही जिल्लाका चार पालिकाका चार वटा वडाका करिब एक हजार ५०० मुसहर महिलाहरुलाई समुहमा आवद्ध गराई उनीहरुको नेतृत्व तथा क्षमता विकास,पैरवी तथा जीवनयापनलाई सहज बनाउन विभिन्न चरणमा कार्यक्रम सञ्चालन गरिने साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जनाकारी दिए । सर्लाहीमा मुसहर महिला सशक्तिकरण परियोजनाको शनिवार लालबन्दीमा समन्वयात्मक अन्तरक्रिया कार्यक्रम गरी उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष,वडाध्यक्षहरु,नगरपालिकामा उपमेयर वडाध्यक्ष तथा वडासदस्यहरु,मुसहर संघका प्रतिनिधि,गैरसहकारी संस्था महासंघका प्रतिनिधि,नगरपालिका तथा गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख र प्रतिनिधि तथा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

सर्लाहीको हरिपुर नगरपालिका वडा नं ७, बरथहवा नगरपालिका वडा नं ८, बसबरिया गाउँपालिका वडा नं ३ र चन्द्रनगर गाउँपालिका वडा नं ३ का मुसहर महिलाहरुलाई ३० वटा समुहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिने प्रादेशिक संयोजक कार्कीले जानकारी दिए । परियोजनाले मुसहर महिला राज्यको मुलधारमा ल्याउन समुदायका महिला,पुरुष,किशोर किशोर समुहहरुलाई व्यवहार परिर्वतनका लागि तालिम प्रदान गरिने छ । आयआर्जनका लागि समुहलाई बीउ पुँजिको रुपमा आर्थिक सहयोग गर्ने सोही पैसाले स्थानीय आवश्यकताका आधारमा महिलाहरुलाई व्यवसायिक खेती गर्न लगाइने छ ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा बरहथवा नगरपालिकाकी उपमेयर सीतादेवी माझी, बसबरिया गाउँपालिका वडा नं ३ का वडाध्यक्ष नन्दलाल यादव, गैरसहकारी संस्था महासंघ सर्लाहीका अध्यक्ष माधव सरकार, नेपाल मुसहर संघका अध्यक्ष रिपुराज ऋषि मुसहर,नेपाल राष्टिय मुसहर संघ अध्यक्ष पचुलाल माझी मुसहर, बसबरिया गाउँपालिकाकी वडा सदस्य सीतादेवी माझी, बरथहवा नपाको कार्यक्रम अधिकृत रुपेश चन्द्रनगर नगरपालिका कृषि शाखाका गणेश महतो, बरथहवा ननगरपालिकाका पशु विकास अधिकृत अरुणकुमार सिंह, हरिपुर नगरपालिकाकी सहायक महिला विकास अधिकृत सुधा काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीको अध्यक्षतामा भएको थियो । मुसहर समुदायको चितवन सहित १४ जिल्लामा बसोबास रहेको छ । नेपालमा मुसहर समुदायको जनसंख्या २ लाख ३४ हजार ४९० रहेको छ । सर्लाहीमा भने १४ हजार १३६ जनसंख्या रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय