चितवन । सगरमाथा मोबाइल हाउसको मासिक लक्की ड्र कार्यक्रम मार्फत इसान पौडेलले स्मार्ट फोन जितेका छन् । रत्ननगर—१, गंगा प्लाजा सौराहामा रहेको सगरमाथा मोबाइल हाउसकको मासिक लक्की ड्र कार्यक्रम अन्र्तगत कुपन नं. १५८८ रहेका बकुलहरका ईसान पौडेलले एयरटेल कम्पनिको करिब १५ हजार पर्ने स्मार्ट फोन जितेका हुन् ।

शुक्रबार आफ्नै कार्यालयमा गरिएको लक्की ड्र कार्यक्रममा मार्फत बिजेता बनेकोमा ईसानलाई सो संस्थाका सञ्चालक शंखर पौडेलले बधाई ब्यक्त गरे ।

कुपन नं १३५४ देखि १७२६ नं प्राप्त गरेका ग्राहकलाई सो कार्यक्रममा सहभागी गराइएको थियो ।

उनले कोरोना महामारीको बिचमा सबै ग्राहकलाई बोलाउन संभव नभएकाले फेसबुक पेजबाट लाईभ गरेर लक्कि ड्र कार्यक्रम सम्पन्न गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय