भरतपुर : रोटरी क्लव अफ चितवनले भरतपुर २ क्षेत्रपुर आलेटोल स्थित मोहम्मद सिदिकलाई ह्वीलचियर र आर्थिक सहयोग गरेको छ । विगत एक वर्ष अगाडी प्यारलाईसिस भई दैनिक जिवनयापनमा समस्या देखिएको कारण ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

सो अवसरमा विरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँ र छोरा मोहम्मद फारुलाई ह्वीलचियर र नगद हस्तान्तरण गरिएको हो । स्वास्थ्यमा समस्या भएपछि आम्दानीको अवस्था पनि कमजोर भएकाले उपचारमा सहयोग पु¥याउने उदेश्यले नगद पाँच हजार रुपैयाँ पनि सहयोग गरिएको अध्यक्ष शाक्यले वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय