काठमाडौं : पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । १० हजार ६ सय ३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९ सय ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय ९४ जना निको भएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ८ सय १५ पुगेको छ । जसमध्ये ९ हजार ९ सय २२ जनाको ज्यान गएको छ भने ६ लाख ६० हजार १ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेकोमा ६ सय ८६ जनाको आईसीयू र १ सय ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय