चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर महानगरपालिकामा ६५ जना, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा ४ जना गरी ७९ जनामा स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार १५१ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २६ जना, अस्पताल आइसोलेसनमा १२० जना, सार्वजनिक आइसोलेसनमा पाँच जना रहेका छन् ।

यस्तै, चितवनमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३४ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय