चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा रहको सपना भिलेज सोसल ईम्प्याक्टले कोरोना कहर नियन्त्रणमा सहयोग अभियान जारी राखेको छ । कोभिड दोस्रो लहरसँगै लगातार सहयोगमा जुट्दै आएको सपना भिलेजले आज दोश्रो पटक भरतपुर अस्पतालमा औषधि सहित विभिन्न स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोभिड १९ले संक्रमित भई गरिवीका कारण औषधि तथा स्वास्थ्य सामाग्री खरिद गर्न नसक्नेहरुलाई लक्षित गरी १ हप्ता सम्म संक्रमितलाई आवश्यक पर्ने औषधि सहितको स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

सपना भिलेजका अध्यक्ष धुव्र गिरीले एक समारोहका विच अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त मेसु डा.जगन्नाथ तिवारीलाई ति सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा औषधि, माक्स, पिपिई, ग्लोबसहितको १ लाख ६० हजार रुपैया बराबरको सामान प्रदान गरिएको थियो । सो अवसरमा अध्यक्ष गिरीले भुकम्प, नाकाबन्दी , प्राकृतिक विपतीसगैँ दिनदुःखी ,गरिब र चेपाङ समुदायको उत्थानका लागि निरन्तर सहयोगमा जुटिरहेको बताउँदै भन्नुभयो “हामी अहिले मुख्य रुपमा अक्सिजन,अक्सिजनसँग सम्बन्धित उपकरण, स्वास्थ्य सामाग्री सहयोगमा लागेका छौं ।” कोभिड दोस्रो लहरसँगै अधिक संक्रमितलाई अक्सिजनको आवश्यकता परेको महसुस गरेर नै उपचारमा संलग्न चिकित्सकहरुको स्वास्थ्यको उच्च ख्याल गर्दै स्वास्थ्य सामाग्री सहयोग गरेका हौँ ।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.अधिकारीले सपना भिलेजले निरन्तर सहयोग गर्दै आएको बताउँदै सपना भिलेजले सुरुमा १५ थान अक्सीजन सिलिण्डर सहयोग गरे पछि यसैलाई देखेर अरु सहयोग पनि थपिएको बताउँनुभयो । उहाँले भन्नुभयो “सपना भिलेजले सहयोग गरेपछि सहयोगीमनहरु बढ्नुभएको छ ।

सपना भिलेजका निर्देशक डा.कृष्णप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा डा.सुनिलमणि पौडेल, डा.यदुनाथ शर्मा, सपना भिलेजका म्यानेजर नारायण पुरी, कार्यक्रम निर्देशक सुजन बस्नेत लगायतको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय