चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकामा १४८ जना, खैरहनीमा १ जना, माडीमा १३ जना, रत्ननगरमा १६ जना, कालिकामा ६ जना र इच्छाकामनामा एक जना गरि १८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३० पुगेको छ ।

चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । चितवनका दुई जना, नवलपरासी र तनहुँको १/१ जनाको भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यससँगै चितवनमा कोरोना कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२७ पुगेको छ ।

चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमणका २१३ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ७५ जना, भेन्टिलेटरमा १२ जना, एचडीयूमा ५० जना र जेनरल बेडमा ८८ जनाको उपचार भइरहेको छ ।

यस्तै चितवनमा पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय