चितवन : सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय ‘सचिन’ भनिने सुकदेव भण्डारीलाई काठमाडौंबाट हिजो (बिहीबार) पक्राउ गरिएको सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

सुकदेवलाइ ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने डिसएपी रानाले जानकारी दिए ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् ।

सुकदेव र सुजिताबीच विवाह गर्ने सम्मको तयारी भएको र असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको अनुसन्धानबाट खुलेको डिएसपी रानाले बताए ।

असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजितालाइ अपरिचित व्यक्तिले सिमारा चोक बाट अपहरण गरिएको भनिएको थियो । अपहरण भएको भनिएको १० दिन पछि असार २० गते घर नजिकैको सामुदायिक वनमा सुजिता मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय